सलहको नेपाल प्रवेश र ब्यबस्थापन



सलहको नेपाल प्रवेश 
सलह नेपालको तराई हुदै पहाडतिर सर्न थालेको छ। मन्त्रालयका अधिकारीहरुका अनुसार सुरुमा सर्लाहीमा देखिएको सलह किरा हालसम्म बारा, भैरहवा, पाल्पा, हुँदै कपिलवस्तु लागेको जानकारी छ र बिस्तारै सिन्धुली हुदै रामेछाप तिर लागेको स्थानीय तहले मन्त्रालयलाई दिएको छ। सलह चितवन राष्ट्रिय निकुञ्जभित्र समेत प्रवेश गरेको कृषि मन्त्रालयले जनाएको छ। कोरोनले देशको आर्थिक र सामाजिक अवस्था नाजुक बनेको बेला सलहले झनै समस्यामा पार्ने सक्ने वाली बिज्ञहरु बताउँछन् । तर, नेपाल भित्रिएको सलहको झुण्ड सानो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

ब्यबस्थापन 
सलहको आगमन र अवस्था तथा त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहलाई परिचालन गरिसकेको मन्त्रालयले जनाएता पनि किसानहरुलाइ उपउक्त बिधि थाहा नहुदा समस्या परेको देखिन्छ। 

यसैगरी प्रदेश सरकार मातहत रहेको देशैभरको कृषि ज्ञान केन्द्र र सबै स्थानीय तहमा रहेका कृषिका प्राविधिक जनशक्ति सलहबिरुद्ध परिचालन गराइएको मन्त्रालयले जनाएको छ । केन्द्रीय सरकारले जस्तै सलह नियन्त्रण टास्क र्फोस बनाएर प्रदेशहरुले पनि आफ्नो क्षेत्रमा जनचेतना तथा किरा नियन्त्रणका लागि आवश्यक उपायबारे तयारी थलिसकेको मन्त्रालयले जनाएको छ ।


झुण्ड भगाउन के गर्न सकिन्छ?
  1. आगो बाल्ने
  2. धुवा गराउने 
  3. सकिन्छ भने हावाको वाहब वरिवर्तन गराउने 
प्राकृतिक तरिका 
  1.  हाँस, कुखुरा जस्ता घरपालुवा पन्छीको प्रयोग गर्ने 
  2. माकुरा छेपारो लेनि सलह खान्छन 
ध्वनिको प्रयोग 
  1. थाल ठटाउने 
  2. ड्रम बजाउने 
किटनासकको प्रयोग
  1. जैविक: मेटारैजिम 
  2. रसायिनिक: मालाथिलोन, डाइजीनोन, फिप्रोनिल बोरिक एसीड र अन्य 
अन्य बिधिहरु
  1. प्रजनन गर्न सक्ने ठाउँ नस्ट गर्ने
  2. लसुन पानि छर्ने 
  3. पातमा पिठो छर्किने 
  4. झुल वा जालीको प्रयोग गर्ने
आवश्यक परे दमकलको प्रयोग
हाल नेपालमा देखिएको सलह एकदमै छोटो समय मात्रै एकैठाउँमा बसेको र हानी कम गरेका कारण विषादी छर्कन समस्या भएको मन्त्रालयले जनाएको छ । किराको झुण्ड बढ्ने अवस्था तथा क्षति हुन थालेमा ट्याक्टरमा ठूला ड्रममा विषादी बोकेर छर्नेदेखि दमकलले विषादी हान्नेसम्मको योजना मन्त्रालयको  छ।

खानामा प्रयोग
टास्कफोर्सका सदस्य भन्छन्- सकिन्छ भने खाए हुन्छ। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले सलह खसीको मासु भन्दा पनि पोसिलो भएको दाबी गरेको छ । साथै कुखुराको दानका रुपमा प्रयोग गरेर पनि यसलाई नियन्त्रणमा लिन सकिने केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्य बताउँछन् । सलह नियन्त्रण टास्कफोर्सका सदस्य समेत रहेका उनले भने ‘खसी, बंगुर, वा अन्य मासुभन्दा सलह पोसिलो हुन्छ, सकिन्छ भने नियन्त्रणमा लिएर खाए हुन्छ नभए कुखुराको दाना पनि बनाउन सकिन्छ ।

दीर्घकालीन समाधान
  1. वातावरणको संरक्षण
  2. जलवायु परिवर्तन न्यूनीकरण
यसका लागि वातावरणमैत्री उपभोग र कार्बन उत्सर्जनमा कमी ल्याउन प्रयास गर्नुपर्छ र प्रकृति र मानवबीचमा सुमधुर सम्बन्ध कायम राखी आगामी पुस्तालाई यस्ता दुःख र प्रकोपबाट जोगाउनु आवस्यक छ। 


Share this:

0 comments:

Post a Comment